सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
शर्माले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गर्नुभएको थियो ।
हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका आठ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता