काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उहाँले सभामुख चयनको निर्वाचन प्रक्रियाअघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसद सहभागी भएकाको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएकाे हाे ।
हत्या अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको सुनेको भन्दै उहाँले उनीहरुको उपस्थितिमा सभामुख चयन प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्क्योल गरेर मात्र बैठकको कारबाही अघि बढाउन आग्रह गर्नुभयाे ।
जारी बैठकले सभामुख चयन गर्दै छ । सभामुख पदमा देवराज घिमिरे र ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।






