लक्ष्यअनुसार राजस्व संकलन भएन

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन । आर्थिक वर्ष २०७८÷०७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कमा लक्षित कर संकलन नभएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाका लागि सेवा क्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा गत आवको पुस मसान्तसम्ममा लक्ष्य राखिएको १४ करोड सात लाखमा २१ करोड ३५ लाख राजस्व संकलन भए पनि चालु आवको पुस मसान्तसम्ममा लक्ष्य राखिएको ३० करोड ५६ लाखमध्ये २१ करोड ८७ लाख मात्र राजस्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत तीर्थराज बरालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

कार्यालयमा व्यवसाय आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, घर बहाल कर तथा पुँजीगत खर्चमा साँवा बाहेकको ब्याजकर लगायतका शीर्षकमा राजस्व संकलन हुने गरेको छ । आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा आयकरतर्फ ४३ हजार ४०४, मूल्य अभिबृद्धि करतर्फ ३५३५ र अन्तःशुल्कतर्फ ३६३९ सहित सरकारी निकाय स्रोतमा करकट्टी अग्रिम आयकर १४०३ र व्यक्तिगत स्थायी लेखा नम्बर बाहक करदाता गरी जम्मा ४९ हजार ८९४ करदाता रहेका छन् ।

विनियोजित अनुसारको सरकारी बजेट रकम अथवा पुँजीगत खर्च नहुँदा ६ महिनामा राजस्व घटेको तर आर्थिक वर्षको अन्तिममा पुँजीगत खर्च प्रगति बढ्ने भएकाले असार मसान्तमा लक्ष्य हासिल हुन सक्ने अनुमान पनि गरिएको छ । कार्यालयको गत आवमा वार्षिक लक्ष्य ५८ करोड रहेको थियो भने चाल आवमा ६८ करोड २० लाख वार्षिक लक्ष्य निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज