लक्ष्य अनुरुप राजश्व घट्दो

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

 डडेल्धुरा । आन्तरिक राजश्व कार्यालय डडेल्धुरामा लक्ष्य अनुसार राजश्व संकलन हुन सकेन ।

आर्थिक वर्ष २०७८-०७९ को पहिलो छ महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयकर, मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्कमा लक्षित कर संकलन नभएको आन्तरिक राजश्व कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुरा, बैतडी, बझाङ्ग र दार्चुलाका लागि सेवा क्षेत्र रहेको आन्तरिक राजश्व कार्यालय डडेल्धुरामा गत आ.व.को पौष मसान्त सम्ममा लक्ष्य राखिएको १४ करोड ७ लाखमा २१ करोड ३५ लाख राजश्व संकलन भए पनि चालु आ.व.को पौष मसान्त सम्ममा लक्ष्य राखिएको ३० करोड ५६ लाख मध्ये २१ करोड ८७ लाख मात्र राजश्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत तिर्थराज बरालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

कार्यालयमा व्यवसाय आयकर, मूल्य अभिबृद्धि कर, अन्तःशुल्क, घर बहाल कर तथा पूँजिगत खर्चमा साँवा बाहेकको ब्याजकर लगायतका शिर्षकमा राजश्व संकलन हुने गरेको छ ।
आन्तरिक राजश्व कार्यालय डडेल्धुरामा आयकर तर्फ ४३ हजार ४०४, मूल्य अभिबृद्धि कर तर्फ ३५३५ र अन्तःशुल्क तर्फ ३६३९ सहित सरकारी निकाय श्रोतमा करकट्टी अग्रिम आयकर १४०३ र व्यक्तिगत स्थायी लेखा नम्बर बाहक करदाता गरि जम्मा ४९ हजार ८९४ करदाता रहेका छन् ।
विनियोजित अनुसारको सरकारी बजेट रकम अथवा पुँजीगत खर्च नहुँदा छ महिनामा राजश्व घटेको तर आर्थिक वर्षको अन्तिममा पुँजीगत खर्च प्रगति बढने भएकोले अषाढ मसान्तमा लक्ष्य हासिल हुनसक्ने अनुमान पनि गरिएको छ ।

कार्यालयको गत आ.व. मा वार्षिक लक्ष्य ५८ करोड रहेको थियो भने चाल आ.व. मा ६८ करोड २० लाख वार्षिक लक्ष्य निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज