कमल थापासमक्ष चुनावी समीक्षाको प्रतिवेदन पेस

Read Time = 2 mins

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न भएको निर्वाचनपछि राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकले गठन गरेको ‘निर्वाचन समीक्षा कार्यदल’ ले आज अध्यक्ष कमल थापासमक्ष चुनावी समीक्षाको प्रतिवेदन पेस गरेको छ । पार्टी उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको थियो । प्रतिवेदन आगामी ९-१० माघमा काठमाडौंमा डाकिएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने छ ।

प्रतिबेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समीक्षा प्रतिवेदन विस्तृत अध्ययन गरेर केन्द्रीय समितिमा छलफलपश्चात् कार्यान्वयन गरिने बताउनुभयाे । प्रतिवेदन यथार्थपरक र ब्यावहारिक बनाउन हरसम्भव प्रयास गरिएको, देशभरिका नेता कार्यकर्ताहरुको भावना समेटिएको तथा कमीकमजोरीका बारेमा समेत यथेष्ट उल्लेख गरिएको कार्यदलका संयोजक भण्डारीले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

कार्यदलमा बसन्तमानसिंह अधिकारी, सुरेश आचार्य, माधव खत्री, नरप्रसाद थापा, यवती कार्की, हिक्मतसिंह भण्डारी, राजाराम बर्तौला र उज्वल पोखरेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज