काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति नन्दबहादुर पुन अस्पताल पुग्नुभएको छ ।
बुधबार ललितपुरस्थित सुमेरू अस्पताल पुगेर उपराष्ट्रपति पुनले वर्षमानलाई भेट्नुभएको हो । वर्षमान केही समयदेखि सुमेरू अस्पतालमा उपचार गराइरहनुभएको छ ।
उपमहासचिव पुनलाई भेटेर उपराष्ट्रपतिले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। उपमहासचिव पुन लामो समयदेखि जण्डिसबाट पीडित हुनुहुन्छ ।
उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको चिकित्सकहरूले बताएको पुनको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि अस्पताल पुगेर उपमहासचिव पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइसक्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts