हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज (मंगलबार) विश्वासको मत लिँदै हुनुहुन्छ ।
दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । जम्कट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
उहाँले एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
मुख्यमन्त्रीमा दाबी पेस गर्दा उहाँलाई ७० सांसदको समर्थन थियो। मुख्यमन्त्री जम्कट्टेलले पुस २६ मै पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता