गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

पोखरा । गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने भएको छ । संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार पोखरामा आइतबार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सम्झनामा शोक प्रस्ताव पारित गर्न लागिएको हो ।

शोक प्रस्ताव पारित भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ । उपसभामुखका लागि नेकपा एमालेवाट बाग्लुङकी बिनाकुमारी थापा तथा कांग्रेसबाट लम्जुङकी पार्वती तामाङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

ADVERTISEMENT

सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा एमालेको २२, माओवादीको ८ राप्रपाको २ मत छ भने कांग्रेसको २७ मत रहेको छ । उता, एकीकृत समाजवादीको १ मत रहेको प्रदेश सभाले आजै उपसभामुख चयन गर्नेछ । गठबन्धनको मत बढी भएकाले एमालेकी थापा चयन हुने लगभग निश्चित छ । यसअघि नै माओवादीका कृष्ण धिताल सभामुख चयन भईसक्नुभएको छ । सभामुखको हैसियतमा उहाँले मत हाल्नु हुने छैन् ।

पोखरा विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशको सभा स्थगित भएको थियो । तर, उपसभामुख चयन गर्नुपर्ने समयसीमाको संबैधानिक बाध्यताका कारण गण्डकीमा उपसभामुख चयन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?