सिन्धुलीका दुई स्थानीय तह प्रहरी विहीन

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । सिन्धुलीका दुई वटा स्थानीय तह अझैसम्म प्रहरी विहीन छन् । गाँउ तथा नगर प्रहरी विहीन भएका हुन् । जिल्लामा नौ वटा स्थानीय तह छन् । सुनकोसी र घ्याङलेख गाउँपालिकाले बजेट अभावमा गाँउ तथा नगर प्रहरी राख्न नसकेको बताएका छन् ।

सुनकोसी गाउँपालिका उपाध्यक्ष कपिल कोईरालाले बजेट अभावमा गाँउ तथा नगर प्रहरी राख्न नसकेको बताउनुभयो । ‘हामीले बजेट बनाउदा ३८ करोड रुपैयाँ स्वास्थ्य, शिक्षा, भेटेनरी, महिला तथा बालबालिका लगायतका शिर्षकमा बाड्न पाउने रहेछौं, बाँड्दा बाँड्दै उक्त रकम गाउँ तथा नगर प्रहरी राख्न पुग्दो रहेनछ,’ उहाँले भन्नुभयो, ‘यहाँ आवश्यकता नदेखर पनि प्रहरी नराखेका हौँ ।’
घ्याङलेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले पनि बजेट अभाव र आवश्यकता नभएकाले गाँउ तथा नगर प्रहरी नराखेको बताउभयो । ‘गाँउपालिका अध्यक्ष मेरो दोस्रो कार्यकाल हो । मैले त राखेको गाँउ तथा नगर प्रहरी राखेको पनि छैन, आवश्यकता पनि देख्दिन,’ उहाँले भन्नुभयो ।

आउने परिषदबाट बजेट छुट्याई दुई जनासम्म गाँउ तथा नगर प्रहरी राख्ने की भन्ने सोच भने रहेको उहाँको भनाई छ ।
कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलञ्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिकाले पहिलो कार्यकालमा नै नगर प्रहरी भर्ना गरेका थिए । जसले अहिलेसम्म निरन्तरता पाएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (क) मा व्यवस्था भए बमोजिम नगर प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो । ‘नगर प्रहरीले कार्यालयको काममा सहजीकरण गर्नुका साथै सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण, विपद व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनस्र्थापनालगायतका काममा जुटेका छन्,’ उहाँले भन्नुभयो ।

ADVERTISEMENT

अनाधिकृत निर्माण एवम सार्वजनिक सम्पति अतिक्रमण रोकथाम र नियन्त्रण गर्न प्रतिस्पर्धाको आधारमा करार सेवामा गाउँ तथा नगर प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो ।

गाँउ तथा नगर प्रहरी हाल कमलामाई नगरपालिकामा असईको कमाण्डमा १९ जना, दुधौली नगरपालिकामा असईको कमाण्डमा १६ जना, हरिहरपुरगढी गाउँपालिकामा चार जना, मरिण गाउँपालिकामा छ जना, फिक्कल गाउँपालिकामा पाँच जना, तीनपाटन गाउँपालिकामा दुई जना, गोलञ्जोर गाउँपालिकामा तीन जना रहेको सम्बन्धित पालिकाले बताएका छन्् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज