किसानलाई परिचयपत्र बाड्ने बागमती प्रदेश सरकारको तयारी

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

हेटौडा । बागमती प्रदेश सरकारले किसानहरुको लागि परिचयपत्र वितरण गर्ने भएको छ । अध्यायदेश मार्फत कृषि विकास ऐन ल्याएको बागमती प्रदेश सरकारले किसानहरुको लागि परिचयपत्र वितरण गर्ने भएको हो ।

बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसान परिचयपत्र वितरण कार्यविधि निर्माण गरी कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । किसानलाई फार्मको आकार उत्पादन क्षमताका आधारमा तीन प्रकारका परिचयपत्र दिने गरी कार्यविधि तय भएको छ । व्यावसायिक, अर्धव्यावसायिक र निर्वाहमुखी गरी किसानलाई तीन प्रकारका परिचयपत्र वितरण गरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

परिचयपत्र पाउनको लागि ३० कट्ठा भन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली, फलफूल, तरकारी, दलहन पुष्प, मसला बाली लगायतका खेती गरिरहेका किसानलाई व्यावसायिक किसानको रुपमा परिचयपत्र प्रदान गरिनेछ, भने वार्षिक हजार केजीभन्दा बढी रेशम कोया या च्याउ उत्पादन गर्ने तथा २६ घार भन्दा बढी माहुरी पालन गर्ने किसानले पनि व्यावसायिक किसानको रुपमा परिचयपत्र पाउने मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

प्राङ्गारिक खेती गरी प्रमाणीकरण गराइरहेका सबै किसानलाई पनि व्यावसायिक किसानको रुपमा परिचयपत्र दिइने मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो । ६ देखि २५ वटासम्म मौरीको घार भएका, वार्षिक ५ सय केजीदेखि हजार केजीसम्म रेशम कोया उत्पादन गर्ने या वार्षिक २ सयदेखि हजार केजीसम्म च्याउ उत्पादन गर्ने किसानलाई पनि अर्ध व्यावसायिक किसानको रुपमा समेटिनेछ ।

१० कट्ठाभन्दा कम क्षेत्रफलमा खाद्यान्न बाली, फलफूल, तरकारी, दलहन पुष्प, मसला बाली लगायतका खेती गरिरहेका किसानलाई निर्वाहमुखी किसानको रुपमा परिचयपत्र प्रदान गर्ने मन्त्रालयले जनाएको छ । भेटेरीनरी अस्पताल तथा कृषि ज्ञान केन्द्र मार्फत नियमित रुपमा किसान परिचयपत्र वितरण हुनेछ । परिचय पत्रको दर्ता तथा अद्यावधिको लागि कुनै शुल्क लाग्ने छैन भने किसानले प्रत्येक २ वर्षमा परिचयपत्र अध्यावधिक गराउनुपर्ने व्यवस्था गरिएको छ ।

किसान परिचयपत्रका आधारमा आगामी दिनमा कृषि क्षेत्रमा सरकारले लगानी गर्न सहज हुने हुँदा आफूहरुले किसान परिचयपत्र वितरण गर्न लागिएको मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिनुभयो । व्यावसायिक, अर्धव्यावसायिक र निर्वाहमुखी गरी तीन प्रकारका किसान निर्धारण गरी परिचयपत्र दिन लागेको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज