प्रदेश नं १ मा तीन मन्त्रीको शपथ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मोरङ । प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो ।

ADVERTISEMENT

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो । शपथग्रहण समारोहमा मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख बाबुराम गौतम, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?