नेपाल-भारत साहित्य महोत्सवका सहभागीलाई प्रमाणपत्र प्रदान

Read Time = 2 mins

काठमाडौं । गत १६-१८ वैशाख २०७९ मा काठमाडौं, नेपालमा आयोजित नेपाल-भारत साहित्य महोत्सवका सहभागीहरूलाई थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा प्रमाणपत्र, मायाको चिनो, मेडल, स्मारिका, झोलालगायत प्रदान गरिएको छ । सो कार्यक्रममा महोत्सवलाई ‘नेपाली साहित्य संस्कृति समाज’ नामबाट दर्ता प्रक्रिया अघि बढाउने निर्णय पनि भएको तथा संस्थाको प्रस्तावना र उद्देश्यहरू पनि पारित गरिएको महोत्सवका अध्यक्ष राधेश्याम लेकालीले जानकारी गराउनुभयो ।

लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, अध्यक्ष लेकाली, उपाध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, अतिथिहरू सर्जक बेटी बज्राचार्य, हेम-सरिता पाठक फाउण्डेशनका प्रमुख संरक्षक हेम पाठकले महोत्सवको औचित्व र महत्वबारे मन्तव्य राख्नुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा सदस्यहरू प्रा.डा.गोविन्दमान सिंह कार्की, युवराज नयाँघरे, यादव भट्टराई, भानुप्रकाश जोशी, दिव्य गिरी, रत्नलक्ष्मी श्रेष्ठ, मञ्जिला अनिल, निर्मलरमण पराजुली, राज रजक, राजबाबु श्रेष्ठ, उमेश पाण्डे, कमला रिसाल, सुष्मा आचार्य, मनिला वन्त, उषा केसी, पारू तिमल्सिना, डा.नवीन यादव, जेस्मिन पाण्डेलगायतलाई महोत्सवको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन महासचिव मुरारी सिग्देलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *