प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

विराटनगर । प्रदेश १ को सभामुखमा नेकपा माओवादी बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएकाे छ ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएकाे हाे  ।

सभामुख पदका लागि गौतमको मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित भएकाे ज्येष्ठ सदस्य मण्डलले जानकारी दिनुभयाे । गौतमको प्रस्तावकमा एमालेका रवतीरमण भण्डारी र समर्थकमा नारायणबहादुर मगर हुनुहुन्थ्याे ।

ADVERTISEMENT

कांग्रेसले सभामुख पदमा उम्मेदवार नउठाउँदा गौतम निर्विरोध निर्वाचित हुनुभएकाे हाे । प्रदेश १ मा शक्ति बाँडफाँटमा माओवादीले सभामुख पाउँदा एमालेले मुख्यमन्त्री पाएको थियो ।

प्रदेश १ को पहिलो कार्यकालमा  एमाले  सांसद प्रदीपकुमार भण्डारी सभामुख बन्नुभएकाे थियाे । प्रदेशसभाको दोस्रो कार्यकालमा गौतम सभामुख बन्नुभएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज