पुस्तान्तरण भइरहेको शिवभक्तहरूको ‘काफिला’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

-प्रणय साह

वीरगञ्ज । नयाँ र पुराना पुस्ताका सहभागीसहित हिन्दु शिवभक्त तीर्थालुको परम्परागत यात्रुहरूको समुह निस्केको छ। भारतीय उपमहाद्वीपमा करिब ३ हजार वर्षदेखि चलिआएको संस्कृति परम्परा अनुसार पर्सा र बारा जिल्लाका विभिन्न ठाउँका शिवभक्त यात्रुहरू प्रत्येक वर्ष जाडोयाममा निस्किने गर्छ।

जीवनकै सर्वाधिक पवित्र धार्मिक हिन्दु कर्म मानिने यो एकमहिने तीर्थाटनको महत्व अहिले पनि घटेको छैन।शिवभक्तका यात्रुहरूको समह जसलाई स्थानीय लोकबोलीमा ‘काफिला’ भनिने तथा तीर्थयात्रामा सहभागी हुने सो समुहका तीर्थालुलाई काँवरिया वा बाबा भनिन्छ। यसमा सामेल हरेक सदस्यलाई यात्रा अवधिभर सन्तको दर्जा प्राप्त हुनेगर्छ। मानिसले सन्त दर्जाकै कारण तीर्थयात्रुलाई ढोग्ने गर्छन्। यात्राका सहभागीले एकअर्कालाई ‘बम’ सम्बोधन गर्दछन्। हिन्दु समाजमा शिवका गणलाई बम भनेर सम्बोधन गर्ने चलन छ। जस्तै सउन महिना भरी भारतको झरखण्डमा अवस्थित बैजनाथ धाम जाने शिवभक्तहरूलाई समेत बम भनेर सम्बोधन गर्ने चलन पाइएको छ।

काफिलामा जमदार (प्रमुख), डिट्ठा (महामन्त्री), सिपाही र चौकीदार हुन्छन्। उनीहरूले आचरण पालना भए या नभएको निक्र्योल गर्ने, दण्डित गर्ने, शुद्धि गराउने र निर्णय गर्ने तथा कार्यान्वयन गराउने गर्दछन्। आस्था र भाकलका कारण श्रद्धालु भक्तजनहरू पूर्ण ब्रह्मचर्यसहित यो कठिन एकमहिने यात्रामा निस्किने गरेका छन्। काफिलाका तीर्थालुले आफ्नो बन्दोबस्तीका समान काँवरसहित कडा अनुशासनका साथ नांगो खुट्टाले हिँड्छन्। यात्रा गर्नेहरू प्रयागराज ९इलाहाबाद० वा त्रिवेणी (भैसालोटन) मा कपाल खौराई नदीबाट जल लिएर इच्छाएका शिवालयमा पुगेर अर्पण गर्ने गरेका छन्।

ADVERTISEMENT

यो सोमबार बारा र पर्साबाट निस्केका तीर्थयात्रुहरू भारतको ‘प्रयागराज’ मा रहेको पवित्र मानिने गंगा तथा जमुना नदीको संगमबाट जल लिई फर्केर शिवभक्तहरूको वसन्त पञ्चमीका दिन भारतस्थित विहारको अरेराजस्थित सोमेश्वरनाथ महादेवलाई अपर्ण गर्नेछन्। ‘काफिलाको पहिलो विश्राम नगवामा गरेका छ, त्यसपछि भारत पस्छौं,’ काफिलामा सहभागी श्रद्धालुले भने, ‘प्रयागराजमा जल भर्छौं, अरेराजमा चढाउँछौं।’ ४० गाउँका ४ सय तीर्थालु सम्मिलित मुड्ली काफिला २८ दिनको यात्रा गर्नेछ।

श्रद्धा अटुट, शैली फेरिँदै ,गंगाबाट जल भरेपछि बाटोमा कुनै एक ठाउँमा गंगापूजा आवश्यक हुन्छ। यो दिनमात्र यात्रुले प्रसादबापत गुलियो खान पाउँछन्। यात्राभरि मांसाहार, लसुनप्याज, र मादक पदार्थसँगै गुलियो पनि वर्जित हुन्छ। ‘मेरो यो सातौंपटक हो, बाबाको प्रेरणाले जबसम्म सक्छु, त्यतिञ्जेल यात्रा गरिरहन्छु,’ लिपनीका तीर्थालु ४५ वर्षे अमिका पटेलले भन्नुभयो, ‘बारा र पर्सामा धेरैवटा काफिला छन्, ४० गाउँको यो काफिलामा एक हजारभन्दा बढी बाबाहरू हरेक वर्ष सहभागी हुने गरेका छन्।’

काफिला अगाडि बढ्दै जान्छ भक्तहरू थपिँदै जान्छन्। बारा र पर्सा गरी दुई जिल्लामा करिब २ दर्जन काफिला रहेको बताइन्छ। यो काफिला परम्परा पुस्तान्तरण हुँदैछ। पाकासँगै नयाँ पुस्ताकाहरू पनि काफिलामा सामेल हुने गरेका छन्।

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज