साम्राज्ञीसँग जीतुको जोडी

Read Time = 3 mins

काठमाडौं । हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ । यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताउनुभयो ।

“अभिनेत्री शाहसँग बाँधिएको जोडी धेरैलाई सहज थिएन, यद्दपि हामी कथावस्तुमा ठिक छौँ”, नेपालले भन्नुभयो, “हास्यकलाकारको रूपमा स्थापित परिचयलाई बदल्दै कलाकार बन्न चाहन्छु, यसमा मैले आफ्नो कलाकारिता देखाउने अवसर पाएँ ।” अभिनेत्री शाहले स्क्रिप्ट पढेपछि अभिनेता नेपालको नाम सुन्दा आश्चर्य लागेको बताउनुभयो ।

“मैले जोडी थाहा पाउँदा केही भन्नै सकिन्, तर कथाअनुसार हामीलाई कास्टिङ गरिएको थियो, त्यसैले म फिल्म गर्न तयार भएँ”, शाहले भन्नुभयो, “कथा र पात्रले मलाई फिल्मसँग जोडिन आकर्षित गर्छ ।”

ADVERTISEMENT

उहाँले अभिनय गर्नुभएको यो पहिलो रोमान्टिक कमेडी अर्थात् रमकम फिल्म हो । अभिनेता नेपालले केही फिल्म, टेलिफिल्ममा काम गरे पनि मुख्य भूमिकामा अभिनय गर्नुभएको यो पहिलो फिल्म हो । हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने सङ्घर्षलाई फिल्ममा देखाइने निर्देशक डा कपिल रिजालले बताउनुभयो ।

उहाँ डा भोला रिजालको पुत्र हुनुहुन्छ । “केही वर्षको सिकाइ र प्रतीक्षापछि निर्देशनमा पाइला टेकेको छु, म हाम्रो कला र संस्कृतिलाई अन्य भाषामार्फत विश्वभर लैजाने सोचमा छु”, निर्देशक रिजालले भन्नुभयो । फिल्म नेपालीसहित हिन्दी, बङ्गाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ । बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अन्य कलाकारमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?