प्रदेशका मन्त्रालय घटाउनेछुः मुख्यमन्त्री जमकट्टेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

हेटौंडा। वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा मन्त्रालयहरु घटाउन लागेको बताउनुभएको छ ।
मंगलवार बिहान मुख्यमन्त्रीको शपथग्रहणपछि सञ्चरकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रदेशमा मन्त्रालयको संख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको संख्या घटाउन लागेको बताउनुभएको हो ।

उहाँले आजबाट नै प्रदेशको मुख्यमन्त्रीको पदभारसमेत ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको संख्या यकिन गर्न प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको र समितिले १५ दिन भित्रमा प्रतिवेदन दिने बताउनु भयो ।

ADVERTISEMENT

पदभार ग्रहणअघि मुख्यमन्त्री जम्कट्टेलसहित नेकपा एमाले वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजनामन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वागमती प्रदेशका संसदीइ दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रुपमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रदेश प्रमुखको कार्यालय हेटौंडामा शपथग्रहण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज