आज शपथ लिँदै बागमतीका मुख्यमन्त्री जम्मकट्टेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

हेटौंडा । बाग्मती प्रदेशमा आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँगै दुई जना मन्त्रीले शपथ लिँदै हुनुहुन्छ । सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम जम्मकट्टेल प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

मंगलबार बिहान साढे ९ बजे बागमती प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका जम्मकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । उनको शपथका लागि प्रदेश प्रमुख कार्यालय हेटौंडामा तयारी भइरहेको छ ।

ADVERTISEMENT

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेता जम्मकट्टेल सोमबार पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

उहाँलाई माओवादी केन्द्रका २१ सांसदसहित, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई जना गरि ७० जना सांसदको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज