काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (मंगलबार) बिहान बस्दैछ ।
विहान ८ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको तर्फबाट विश्वासको मत दिने या नदिनेबारे निर्णय हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ सभापति शेरबहादुर देउवासहित नेतासँग देउवा निवास धुम्बाराहीमा भेट गर्नुभएको थियो । सो भेटमा विश्वासको मत दिन उहाँले आग्रह गर्नुभएको थियो ।
सभापति देउवाले पार्टीमा छलफल गरेपछि त्यसबारे निर्णय लिने आश्वासन दिनुभएको थियो । प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता