संसदमा जनताको आवाज बल्ल प्रतिध्वनि भयो : शरदसिंह भण्डारी

Read Time = 1 min

काठमाडौं । लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारीले संसदमा बल्ल जनताको आवाज प्रतिध्वनि भएको बताउनु भएको छ ।

उहाँले सोमबार (आज) बाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा यसपटक भने जनताको आवाज प्रतिध्वनि भएको बताउनु भयो । यसरी संसदमा जनताको आवाज प्रतिध्वनि भएमा जनताको आक्रोश सडकमा नपोखिने उहाँको भनाइ छ ।

ADVERTISEMENT

सबै दलहरूलाई एक स्थानमा उभिएर समस्या समाधान गर्न जनताले मत दिएको बताउँदै उहाँले संविधानले प्रत्याभूत गरेअनुसार काम गर्नुपर्ने बताउनु भयो । अन्यथा नयाँ दल र युवालाई समेत जनताले विश्वास गर्न सक्ने अवस्था पनि नरहने बताउनु भयो ।

भ्रष्टाचार अन्त्यका लागि आफ्नो पार्टीले सहयोग गर्ने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज