देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य : सिके राउत

Read Time = 1 min

काठमाडौं । जनमत पार्टी अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउत (सिके राउत) ले देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै राउतले देश जातीय तथा धार्मिक विधितायुक्त रहेकाले भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताउनु भयो । यसका लागि आफू नै उदाहरण रहेको उहाँको भनाइ छ ।

ADVERTISEMENT

लोकतान्त्रिक व्यवस्थाको रक्षा र सम्वर्द्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले जनताको यावत् समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।
साथै राउतले संघीयतामा नेपाल अभ्यस्त भइसकेको बताउँदै परापुर्वककालमा मधेशमा संघीयता रहेको तर पछि खोसिएको समेत बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज