जसपा मधेश प्रदेश संसदीय दलको नेताका लागि उम्मेदवारी

Read Time = 1 min

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन समितिका संयोजक लालकिशोर साहले राउत र यादवको उम्मेदवारी परेको जानकारी दिनुभयो ।

चर्चामा रहेका अर्का उम्मेदवार रामआशिष यादवले अन्तिम समयमा उम्मेदवारी दिनुभएन । उहाँले सरोजकुमार यादवलाई समर्थन गर्नुभएको छ । संसदीय दलका नेताका उम्मेदवार राउत यसअघि मधेश प्रदेशको मुख्यमन्त्री तथा यादव प्रदेश सभामुख हुनुहुन्थ्यो ।

ADVERTISEMENT

आज साँझ ५ बजेदेखि ६ बजेसम्म चुनाव निर्वाचन हुनेछ । जसपाका प्रदेशसभा सदस्यमा १६ जना हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज