कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका कोटावाडामा निर्माणाधीन सुनथराली विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सुरु भएको करिब ३८ वर्षमा विमानस्थल निर्माणले पूर्णता पाउन लागेको हो । बिहीबार सुनथराली विमानस्थलको अवलोकनमा पुगेका जिल्लाका सरोकारवालाले आगामी वैशाख महिनासम्म विमानस्थल निर्माण पूरा हुने अपेक्षा व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले कालोपत्रेको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै आगामी वैशाख महिनासम्म विमानस्थलले पूर्णता पाउने अपेक्षा व्यक्त गर्नुभयो । २०४२ सालदेखि निर्माण सुरु भएको सो विमानस्थल विभिन्न कारणले समयमै निर्माण हुन सकेको थिएन । सशस्त्र द्वन्द्व तथा अन्य विविध कारणले यो विमानस्थल बन्न करिब ३८ वर्ष लागेको छ ।
२०५८ साल फागुन महिनामा तत्कालीन राज्य पक्षबाट स्थानीयसहित ३६ जना मजदुरले ज्यान गुमाएका थिए । नेपालमा चलेको १० वर्षे सशस्त्र युद्धका बेला अछाम आक्रमणपछि आएको सेनाको टोलीले विमानस्थलमा काम गरिरहेका ३६ जना मजदुरको हत्या गरेको थियो । विमानस्थल निर्माणका क्रममा धादिङ जोगिमारा स्थायी घर भई विमानस्थल निर्माणको सिलसिलामा कोटवाडा आएका ३० जना कामदार र ६ जना स्थानीय कामदारहरूलाई २०५८ सालमा तत्कालीन राज्य पक्षको शाही सेनाद्वारा विमानस्थलमै गोली हानी हत्या गरिएको थियो । त्यसयता पूर्णरूपमा बन्द रहेको विमानस्थलको निर्माण कार्य देशमा शान्ति स्थापनापछि पुनः सुरु भयो तर कामले गति लिन नसक्दा अहिलेसम्म सुनथराली विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।
२०७३ माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गरिएको थियो । विमानस्थलमा त्यसयता हवाईजहाज फर्केर आएका छैनन् । अब विमानस्थल कालोपत्रेको काम अन्तिममा रहेकाले जहाज आउने आशामा स्थानीय रहेका छन् । जिल्लाको एकमात्र यो विमानस्थल सदरमुकाम मान्मदेखि करिब पाँच घण्टाको पैदल दूरीमा छ । सडक यातायातको पहुँच पुगे पनि कोटवाडा आसपासका बासिन्दा परीक्षण उडान सफल भएको सात वर्षसम्म पनि नियमित हवाई उडान हुन नसक्दा निराश भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच