निर्देशक अरुणकुमार झाको निधन

Read Time = 1 min

काठमाडौं । चलचित्र निर्देशक अरुणकुमार झाको निधन भएको छ । हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा ७२ बर्षको उमेरमा उहाँको निधन भएको हो ।

झाले ‘सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएनी’ जस्ता नेपाली चलचित्र निर्देशन गर्नुभएको छ । झाले चलचित्रका अलावा केही टेलिचलचित्र तथा वृत्तचित्रहरू निर्देशन गर्नुभएको छ । दोस्रो पटक हृदयघात भएपछि उहाँलाई आइतबार बिहानै अस्पताल पु¥याइएको थियो । झाको अन्त्येष्टि आइतबारै पशुपति आर्यघाटमा गरिएको छ ।

ADVERTISEMENT

‘सोल्टिनी’की अभिनेत्री मेघा पोखरेलसँग दोस्रो विवाह गरेपछि उहाँ यस क्षेत्रबाट टाढा हुनुभएको थियो । सप्तरीको राजविराज स्थायी घरहुनुभएका झा पछिल्लो समय श्रीमती मेघाका साथमा काठमाडौंको डिल्लीबजारमा बस्दै आउनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *