शितलहरले मध्यतराईको जनजीवन कष्टकर, व्यापार व्यवसायसमेत प्रभावित

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । चार दिनदेखि एक्कासी बढेको चिसो र शितलहरले मध्यतराईको जनजीवन प्रभावित बनेको छ । चिसोसँगै शितलहरका कारण तराईका बारा लगायतका जिल्लाको जनजिवन कष्टकर बन्दै गएको हाे ।

आइतबार पनि विहानैदेखि हुस्सुसंगै चलेको शितलहरले मानिसहरुलाई हिड्डुल गर्न समस्या भएको छ । बाक्लो हुस्सुको कारण सवारी साधनहरुलाई आवत जावत गर्नमा समस्या भएको हो ।

एक्कासी बाक्लो हुस्सु लागे पछि सवारी साधन चलाउन चालकहरुलाई समेत समस्या भएको छ । मानिसहरु शितलहर चलेको बेलामा जाडोबाट बच्नका लागि आगो बालेर ताप्ने गरेका छन् ।

चिसोका कारण हिडडुल गर्न समेत अफ्ठ्यारो भईरहेकोले घरबाट समेत निस्कन गा¥हो भएको स्थानीय श्यामप्रसाद साहले बताउनुभयो । चिसोको कारण किनमेल गर्ने मानिसहरु आउन छाडेको कारण व्यापार व्यवसाय समेत चौपट भएको साहले जानकारी दिनुभयो ।
चिसोले सम्पन्न भन्दा विपन्न नागरिकहरुलाई सवैभन्दा बढि प्रभावित गर्ने गरेको विक्रम मली डोमले बताउनुभयो ।

हामी जस्ता अति विपन्न समुदायलाई आर्थिक अभावका कारण महामारीको रुपमा रहेको चिसोबाट बच्न धानको पराल तथा उखुको पराल बालेर आगो तापी जिउ न्यानो बनाउनु परेको उनले भने,‘ आफनो जिउज्यान ढाकनलाई समेत न्यानो लुगाको अभावका कारण दिन भरी आगो नै तापेर जीवन जोगाउनु परेकोे छ । विहान बेलुकाको खाना जोहो गर्न समेत समस्या भएको उहाँले जानकारी दिनुभयो ।’
दम, रुघा खोकी, डाइरिया, निमोनिया ज्वरो लगायतका रोगहरु चिसोका कारण बढदै गएको तथा कलैया आस्पतलामा चिसोका रोगीहरुको चाप बढेको कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुनिल कुमार जैसवालले बताउनुभयो ।
यस्तो बेलामा न्यानो कपडा लगाउन बाहिर बढी हिडडुल नगर्न मेसु जैसवालले आग्रह गर्नुभयो । बाहिर हिडनै परे न्यानो कपडा र मास्क प्रयोग गर्नु पर्ने उहाँले बताउनुभयो ।

चिसोले विशेष गरी बालबालिका, रोगी र वृद्धवृद्धालाई बढी असर गर्ने हुनाले शरीरलाई न्यानो बनाइ राख्न आगो ताप्ने, तातो पानी खाने तथा झोल पदार्थहरु खान उहाँले सल्लाह दिनुभयो ।
चिसोबाट बच्न कलैया उपमहानगरपालिकाले शुक्रवार देखि आगोको व्यवस्था गरेको छ ।

ADVERTISEMENT

कलैया उपमहानगरपालिकाका विनोद प्रसाद साहले सर्वसाधारणको बढी भीड हुने स्थानमा आगो ताप्ने व्यवस्था गर्नु भएको छ ।
सर्व साधारणको बढी भीड हुने कलैया अस्पताल, भरतचौक, देवकोटा चौक लगायतका स्थानहरुमा आगोको व्यवस्था गरिएको कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले बताउनुभयो । चिसो अहिले पनि जस्ताको त्यस्तै रहेकोले दोश्रो चरणको दाउरा वितरण कार्य एक दुई दिन भित्रै हुने उहाँले बताउनुभयो ।

जिल्लाको सदरमुकाम कलैयामा ग्रामीण भेगबाट आउने सेवाग्राहीहरु चिसोले गर्दा धेरैै समस्यामा पर्ने गरेको कारणले आगोको व्यवस्था गरिएको नगर प्रमुख साहले बताउनुभयो ।

चिसो बढेपछि बाराका अधिकाँश पालिकाहरुले सामुदायिक विद्यालयहरुमा ४ दिनको विदा दिएको थियो भने चिसो कम नभएपछि फेरि दुई दिनका लागि थप गरिएको बाराका प्रमुख जिल्ला कृष्ण बहादुर कटुवालले बताउनुभयो ।

चिसोले गर्दा विद्यालय जाने विद्यार्थीहरुमा चिसोबाट हुने रोग लाग्ने सम्भावना रहेकोले त्यसबाट बचाउनको लागि विद्यालयहरु बन्द गर्नु पर्ने निर्णय गरिएको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले बताउनुभयो ।
त्यसैगरी सम्भावित दुर्घटनाबाट बच्नको लागि ट्राफिक प्रहरीले गाडीको बत्ती बालेर आवत जावत गर्न आग्रह गरेको छ ।
चिसोका कारण विद्यालयको पढाई पनि प्रभावित भएको छ । विद्यालय खुले पनि विद्यार्थीहरुको संख्या न्यून रहेको शिक्षक राकेश पाण्डेयले बताउनुभयो ।

बाक्लो हुस्सुसँगगै परेको शितलहरका कारण सदरमुकाम कलैयामा रहेका विभिन्न सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको उपस्थिति पातलिदै गएको छ । टाढा टाढाबाट आउने सेवाग्राहीहरु जाडोको कारण आउन नसकेकोले दैनिक जसोको तुलनामा अहिले उपस्थिति पातलिदै गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?