सर्वदलीय बैठक : संसदकाे पहिलो दिन शीर्ष नेताले सम्बाेधन गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सर्वदलीय बैठकले संघीय संसदको अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका तय गरेको छ ।

२५ पुसबाट सुरु हुने अधिवेशनको कार्यतालिका तय गर्न शुक्रबार बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहअनुसार २६ पुसमा विश्वासको मत लिने व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई पत्राचार गर्नुभएको थियो ।

ADVERTISEMENT

सोहीअनुसार सर्वदलीय बैठकले २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बैठकको कार्यसूचीमा राख्ने निर्णय गरेको हो ।

१० पुसमा प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने हुनु भएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा शुक्रबार सर्वदलीय बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज