सरकारको न्यूनतम साझा कार्यक्रम तयार, भोलि सार्वजनिक गरिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन गठन गरेको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको छ ।

शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको कार्यदलका सदस्यहरुको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको हो ।

ADVERTISEMENT

एमाले उपाध्यक्षसमेत रहनुभएको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलले कार्यक्रमलाई पूर्णता दिएको हो । कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई भोलि शीर्ष तहमा पेश गर्नेछ ।
पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज