बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । भर्खरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माधव नेपालले भेटे लगत्तै सत्ता गठबन्धनको बैठक सुरु भएको हो ।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादप  बैठकमा सहभागी हुनुहुन्छ ।

ADVERTISEMENT

प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धन सरकारलाई समर्थनसहित एमाले र रास्वपाले मन्त्रीसमेत पठाएका छन् । तर जसपा र राप्रपाले सरकारलाई समर्थन गरे पनि मन्त्री पठाएका छैनन् । प्रचण्ड नेतृत्वको सरकारले आगामी पुस २६ गते विश्वासको मत लिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज