हात्ती गाउँ प्रवेश गर्न थालेपछि त्रास

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका छन् ।

खैजनपुर र जोगिदह क्षेत्रमा दैनिक रातको समयमा छभन्दा बढी हात्तीको बथान गाउँमा पवेश गरेर खेतीबाली नोक्सान गर्ने गरेका कारण आफूहरु त्रसित भएर रात काट्न बाध्य हुनु परेको खैनजुरका उदय चौधरीले बताउनुभयो ।

ADVERTISEMENT

एक हप्तादेखि रातको समयमा हात्तीको बथान नजिकैको चुरिया जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको बताइएको छ । हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि आफूहरु रातभरि जाग्रम बस्नुपर्ने बाध्यता रहेको खैजनपुरकै देवलाल चौधरीले बताउनुभयो ।

जोगिदहको मोथ्याई तथा सोमबारे क्षेत्रमा समेत केही दिनदेखि हात्तीको बथानले नोक्सानी गर्न थालेको छ । गाउँ प्रवेश गरेर नोक्सानी गर्न थालेपछि गाउँलेहरु रातभरि हात्तीको डरले एक ठाउँमा भेला भई बस्न बाध्य हुनुपरेको जोगिदह मोथ्याईका देवराज कार्कीले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?