काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रबारे चासो राख्नुभएकाे छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रबारे जानकारी लिनुभएकाे हाे ।
देशको अर्थतन्त्रप्रति चासो राख्दै प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा देखिएका समस्या तत्काल सुधार गर्न निर्देशन पनि दिनुभयाे ।
ब्याजदर घटाउन र मौद्रिक नीतिमा आवश्यक सुधार गरेर तरलता हटाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिनुभएकाे उहाँकाे सचिवालयले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता