भोजपुरमा ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । योग र ध्यानको प्राकृतिक विधिबाट शारीरिक तन्दुरुस्तीका साथै व्यक्तिमा सकारात्मक सोच र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ सरकारले सुरु गरेको ‘नागरिक आरोग्य कार्यक्रम’ भोजपुरमा पनि सुरु भएको छ । सरकारकोे नीति तथा कार्यक्रमको नसर्ने रोगको रोकथामका लागि ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गर्ने घोषणा भोजपुरमा पनि यो कार्यक्रम सुरु भएको हो ।

‘पछिल्लो समय नेपालमा मिर्गौला फेल, मस्तिष्क घात, हृदयाघात, उच्च रक्तचाप र कलेजो सम्बन्धीका रोगलगायत नसर्ने रोगको आक्रमण बढ्दै गएको छ । नसर्ने रोगले विकराल रूप लिन थालेपछि रोगबाट हुने गरेको असामयिक मृत्यु समेतलाई मध्यनजर गरी सरकारले आफ्नै मौलिक पद्धति अवलम्बन गरी नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरेको आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख मनोज पण्डितले बताउनुभयो ।

ADVERTISEMENT

आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा धनकुटाको आयोजनामा भोजपुरमा सरोकारवालाहरूका लागि मंगलबार गरिएको अभियान सञ्चालनसम्बन्धी अभिमुखीकरणमा कार्यक्रमको उद्देश्यका बारेमा स्पष्ट पार्दै प्रमुख पण्डितले भन्नुभयो, ‘नागरिकलाई नसर्ने रोगबाट बचाउन योग, ध्यान तथा व्यायाम उपयोगी हुन्छन्, जसले सरल जीवनयापनमा समेत सहजता ल्याउँछ, योगको माध्यमबाट नसर्ने रोगको रोकथामका लागि वडा स्तरमा समेत नागरिक आरोग्य कार्यक्रम सञ्चालन हुनेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज