सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले लगाए चिनी मिलमा ताला

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीमा हरेको लुम्बिनी चिनी मिलले स्थानीय सगँ गरेको सहमति कार्यान्वयन नगरेको भन्दै सुनवलका स्थानियहरुले बिरोध जनाउँदै चिनी मिलको गेटमा ताला लगाएका छन् ।

उद्योगदेखि निस्केको कालो धुलो व्यवस्थापन गर्ने गरि सञ्चालन गर्ने सहमति गरेपनि सहमति बिपरित उद्योगले जनताको स्वास्थ माथि गम्भीर खेलबाड गर्दै आएको स्थानीय यज्ञ प्रसाद पाण्डेले बताउनु भयो । पाण्डेले मिल संचालक सहमति कार्यन्वयन नगरेर स्थानीय बासीको स्वास्थ्यमा खेलवाड गरेको बताउनु भयो ।

ADVERTISEMENT

उद्योगले उखु क्रसिङ्ग गर्दा इन्धनको रुपमा प्रयोग गरेको भुसबाट कालो धुलोको कणका कारण स्वास्थ्यमा समेत प्रतिकुल असर पर्नुका साथै लगाएका तरकारी, घर भित्र कालो धुलो टासिँदा स्थानीयले सास्ती बेहोर्दै आएको बताएका छन् । उद्योगले आफुसङ गरेको सहमति कार्यान्वयन नगरेसम्म ताला नखोल्ने स्थानीयले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज