सप्ताहव्यापी पोल्ट्री दिवस सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखामा सप्ताहव्यापी दशौँ राष्ट्रिय पोल्ट्री दिवस सम्पन्न भएको छ । पुस ११ गतेबाट विविध कार्यक्रम गरिँदै आएकोमा आइतबार सातौं दिन दशौं राष्ट्रिय पोल्ट्री दिवस सम्पन्न भएको हो । पुस ११ गतेबाट दशौँ राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरिएकोमा आइतबारबाट समापन गरिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चरिकोटका प्रमुख पलट चौधरीले जानकारी दिनुभयो । पोल्ट्री व्यवसायको प्रवद्र्धन गर्न बागमती प्रदेशभर यो दिवस सप्ताहव्यापी रूपमा मनाइएको उहाँको भनाइ छ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोलखामा पुस ११ गते पत्रकार भेटघाट, १२ गते बैतेश्वर गाउँपालिका–४ मा रहेको हनुमन्तेश्वर माविमा अण्डा तथा मासुको उपभोगको महत्वबारे स्कुल शिक्षा कार्यक्रमसहित बालबालिकालाई अण्डा खुवाउने कार्यक्रम गरिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चरिकोटले बताएको छ । यसैगरी, पुस १३ गते गौरिशंकर बालगृह, पशुपति चौलागाईं स्मृति अस्पताल तथा आवाज नेपालमा रहेका गर्भवती महिला, कुपोषण र पुड्कोपना भएका बाललिकाहरूलाई अण्डा वितरण, १४ गते पोल्ट्री कृषकहरूलाई पोल्ट्री व्यवसायसम्बन्धी सचेतना कार्यक्रम, १५ गते लेख रचना प्रकाशन तथा १६ गते श्रमिकहरूलाई अण्डा वितरण कार्यक्रम गरिएको अस्पतालका डाक्टर ध्रुव डिसीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

आइतबार आयोजित पोल्ट्री दिवस समापन समारोहमा डाक्टर डिसीले सप्ताहव्यापी रूपमा गरिएका कार्यक्रमहरूको जानकारी दिनुभयो । पोल्ट्रीजन्य उत्पादन तथा उपभोगमा वृद्धि गराउनु सप्ताहव्यापी कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ छ । सप्ताहव्यापी कार्यक्रममा करिब ८६ हजार रुपैयाँको अण्डा वितरण गरिएको भेटेरीनरी अस्पत्ताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोटले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज