लुम्बिनी प्रदेशसभा सदस्यले लिए शपथ

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनीको स्थायी राजधानी देउखुरीस्थित प्रदेशसभा भवनमा प्रदेश प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको हो ।

शपथसँगै सांसदहरूलाई झोला र लोगोसमेत प्रदान गरिएको छ । लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्यीय प्रदेशसभा रहेको छ । एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ । नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र नौ, राप्रपा चार, नागरिक उन्मुक्ति पार्टी चार, जनमत पार्टी तीन, जनता समाजवादी तीन, लोकतान्त्रिक समाजवादी तीन, राष्ट्रिय जनमोर्चा (राजमो) एक, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र तीनजना छन् ।

ADVERTISEMENT

गुल्मी निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका ज्येष्ठ सदस्य ६९ वर्षीय डिल्लीराज भुसालले प्रदेशसभाको अध्यक्षता गर्नुहुने छ । प्रदेश प्रमुख अमिक शेरचनले सभामुख निर्वाचित नहुँदासम्म बैठकको अध्यक्षता गर्न भुसाललाई ज्येष्ठ सदस्यको प्रमाणपत्र प्रदान गर्नुभएको हो । लुम्बिनी प्रदेशसभाको पहिलो बैठक सोमबार बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज