एमालेप्रति झलनाथको कटाक्ष : सरकारमा प्रतिगमनकारी पनि छन्

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (एकीकृत समाजवादी)अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताउनु भयो । उहाँले अहिलेको सरकार वामपन्थीहरुको नेतृत्व भएपनि खुट्टा अर्कैले टेकेको बताउनु भयो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादीहरु सामेल रहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो,वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरेका छौँ । यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडी जस्तो छ । वामपन्थीहरुको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरु छन् । प्रतिगमनकारी, पुनःउत्थानवादी, केके हुन् त्यस्ता छन् । उसका के नीति, के कार्यक्रम हुन्छन् थाहा छैन । झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन । उनीहरुले कार्यक्रम नल्याइकन पर्ख र हेरको अवस्थामा हुनेछौँ ।’

सम्मानित नेता खनालले आफ्नो पार्टी सधैँ वामपन्थी एकताको पक्षमा रहेको बताउनु भयो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज