सुदूरपश्चिम प्रदेशसभाकाे सभामुख चयनका लागि २ माघमा निर्वाचन

Read Time = 1 min

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बसेको सर्वदलिय बैठकले माघ २ गते सभामुख र त्यस पछि उप सभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

ADVERTISEMENT

सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलि का लागि बोलाइएको छ । बैठकको पूर्वसन्ध्यामा प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाउनु भएको हो। सर्वदलीय बैठकले आगामी २ माघमा निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभाका सचिव देवबहादुर बोगटीले बताउनु भयो ।

प्रदेशसभा सञ्चालन ऐनअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज