सार्वजनिक ऋण २० खर्ब ७ अर्ब

Read Time = 2 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमाससम्म कुल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असारको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण ०.२७ प्रतिशतले घटेको हो ।

गत असारसम्ममा नेपालको कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो त्रैमासिक अवधिसम्ममा नेपालको कुल बाहृय ऋण १० खर्ब ५० अर्ब २३ करोड छ भने आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर छ । जुन आँकडा गत असारसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाहृय ऋण २४ अर्ब ३८ करोडले बढेको र आन्तरिक ऋण २९ अर्ब ८३ करोडले घटेको हो ।

ADVERTISEMENT

चालु आवको पहिलो तीन महिनामा सरकारले कुल २४ अर्ब ७० करोड बराबर बाहृय ऋण उठाएको छ भने सोही अवधिमा आन्तरिक ऋण उठाएको छैन । पहिलो त्रैमासमा पाँच अर्ब ८४ करोड बराबर बाहृय ऋण तिरेको छ । विदेशी मुद्रामा लिएको ऋण विनिमय दरमा भएको वृद्धिका कारण थप पाँच अर्ब ५२ करोड तिर्नुपर्ने पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सोही अवधिमा आन्तरिक ऋणको साँवा र ब्याजका रूपमा २९ अर्ब ८३ करोड भुक्तानी गरिएको छ । हाल नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड बराबर छ । जिडिपी आकारसँग नेपालको सार्वजनिक ऋणको अवस्था तुलना गर्दा ४१.३८ प्रतिशत पुगेको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?