काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) मात्र सरकारी निवास बालुवाटार सर्ने हुनुभएकाे छ । प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिनुभयाे ।
प्रचण्डले साइत हेरेर मात्र बालुवाटार सर्ने कुरामा कुनै सत्यता नरहेको समेत उहाँले बताउनुभयाे । सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्नुभएका प्रचण्ड हाल निजी निवास खुमलटारमै बसिरहनु भएकाे छ । उहाँले यसअघि बालुवाटारमा आफ्नो लागि भन्दै कुनै भड्किला सामान नकिन्न समेत निर्देशन दिनुभएकाे थियाे ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छाड्नुभएकाे छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता