‘सक्किगोनि’ले सोलुखुम्बुमा मनायो १००औं भाग

Read Time = 3 mins

सोलुखुम्बु । हास्य टेलिसिरियल ‘सक्किगोनि’ले सिजन-२को १००औं भाग पुगेको उपलक्ष्यमा सोलुखुम्बुमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिकास्थित सुन्दर पर्यटकीयस्थल गौरीटापमा ‘सक्किगोनि’ले १००औंं भाग पुगेको उपलक्ष्यमा सेलिब्रेसन कार्यक्रम आयोजना गरेको हो । ‘सक्किगोनि’ टेलिशृंखलालाई विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने कलाकार, प्राविधिक, सञ्चारकर्मी लगायतलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौं, देश घुमौं’ नारा दिएर ‘सक्किगोनि’ टिमले सोलुखुम्बुबाट पर्यटन प्रवद्र्धनको यात्रा सुरु गरेको छ । ‘देशमा सोलुखुम्बु जस्तै थुप्रै रमणीय पर्यटकीय स्थलहरू छन् । हामी विस्तारै देशका विभिन्न क्षेत्रमा पुग्नेछौं ।’ ‘सक्किगोनि’का एक प्रमुख कलाकार, स्क्रिप्ट लेखक तथा निर्देशक कुमार कट्टेल (जिग्री)ले भन्नुभयो, ‘नेपाली कलाकारहरूले नेपाल घुम्नुपर्छ । नेपाल चिन्नुपर्छ । स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ ।’

ADVERTISEMENT

‘सक्किगोनि’का अर्का प्रमुख कलाकार, स्क्रिप्ट लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको दूधकुण्ड नगरपालिकामा १००औं भागको विशेष कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यसपछि क्रमशः नेपालका विभिन्न जिल्लामा पुगेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । यस्तै ‘सक्किगोनि’का अर्का कलाकार हरि निरौला (जिग्री)ले सिजन-२को १००औं भाग पुगेको उपलक्ष्यमा आफ्नो अनुभूति साटनुभयो ।

‘सक्किगोनि’को १००औं भागको विशेष कार्यक्रमलाई दौरा सुरुवालसहितको पोशाकका लागि सुट्माला र थ्रेड गार्मेन्टले सहयोग गरेका थिए । ग्राण्डी हस्पिटल, रन सुज, केआरडी ज्वेलर्स, राजधानी दोहोरी, नागेश्वरी क्रियसन, सोलु दूधकुण्ड नगरपालिका, हिमाल एफएम, टानका अध्यक्ष नीलहरि बास्तोला, समाजसेवी प्रकाशसिंह कार्की, यातायातका लागि नवीन बानियाँ, रामप्रसाद गौतम प्रायोजन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?