कुनैपनि पार्टीसँग एकीकरण नगर्ने पार्टी सुदृढ बनाउने अभियानमा लाग्ने एकीकृत समाजवादीको निर्णय

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताउनु भएको छ ।

आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदैछ भन्ने निराधार हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो ।

ADVERTISEMENT

बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको उहाँले जानकारी दिनुभयो । बैठकमा पूर्वसत्ता गठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका रहे नरहेको बारेमा पनि छलफल भएको थियो ।

सो क्रममा कांग्रेस समापति शेरबहादुर देउवाले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउने पूर्वसर्त पूरा नभएपछि टुक्रिएको बारेमा छलफल भएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज