काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच ओली निवास बालकोटमा शनिबार विहान भेट भएको हो ।
एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेबीच सबै विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद विस्तार र अन्य राजकीय पदहरुमा भागवण्डा बाँकी नै छ ।
गठबन्धनको भागबण्डादेखि सरकारको कामको तरिका र गृह प्रशासन सञ्चालनका सन्दर्भमा समेत छलफल भएको थियो ।
रास्वपाको प्रतिनिधित्व प्रदेशमा नभएकाले संघीय सरकारमा कम्तिमा चार मन्त्रालय र उपसभामुखमा उसको दावी छ । यसमा ओली पनि सकारात्मक रहेको बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता