मेलमिलापको आवश्यकता आज पनि उत्तिकै छः कांग्रेस नेता महर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अंगालेको मेलमिलापको आवश्यकता आज पनि उत्तिकै रहेको बताउनु भएकाे छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पोलिटिकल डिबेट फोरमले काठमाडौंमा शनिवार आयोजना गरेको कार्यक्रममा उहाँले बिपीका असल विचार कांग्रेसमा मात्रै नभइ सबै पार्टीमा उपयोगी हुने बताउनुभयाे ।

‘कांग्रेसले मुलुकमा संघीयताको रक्षा र संविधानको सफल कार्यान्वयनका लागि कम्युनिस्टहरूसँग मिलेरै भए पनि तीनै तहको निर्वाचन सम्पन्न गरेको छ, यो मेलमिलाप नीतिको एउटा सुन्दर नमूना हो । त्यसपछि पनि कांग्रेस मेलमिलापकै बाटोमा थियो । प्रचण्डजीले लोकतान्त्रिक-बाम गठबन्धनलाई धोका दिए । त्यो मेलमिलाप विपरित भयो,’ नेता महरले भन्नुभयाे। मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलले दल गत स्वार्थ त्यागेर अघि बढ्नुपर्ने उहाँकाे भनाइ छ ।

ADVERTISEMENT

१६ पुस ०३३ मा कांग्रेसका संस्थापक नेता कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज