‘सान्बाबुु’ मा वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडी

Read Time = 2 mins

काठमाडौं । गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको सान्बाबु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

रोहित घिमिरेका शब्द, सिएल शर्माको संगीत रहेको सार्वजनिक गीतमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ  । कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरूमा छायांकन गरिएको छ । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

ADVERTISEMENT

युवा उद्यमीसमेत रहेका मोडल उमेशको केही समयअगाडि मात्रै रिलिज गरिएको लुकिछिपी बोलको गीतको भिडियोले चर्चा कमाएको थियो । उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

उनका आधा दर्जन भिडियो आउने क्रममा रहेका छन् । विकाश दाहालको सम्पादन, उत्सब दाहालको छायांकन रहेको गीतमा सन्जीब बराईको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको छ । भिडियो द डिभाइन म्युजिकबाट बजारमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?