काठमाडौं । अभिनेत्री मलिका महत रंग पत्रकारिताबाट निर्देशक बन्नुभएका लक्ष्मण सुवेदीको कमब्याक सिनेमाको मुख्य भूमिकामा अनुबन्धित हुनुभएको छ । उहाँहरूबीच कागजी सम्झौता भएको हो ।
अनटाइटल सिनेमाको स्क्रिप्ट, टिम र चरित्र मन परेपछि मलिका काम गर्न तयार हुनुभएको थियो । चलचित्रमा उहाँ शीर्ष भूमिकामा रहने निर्देशक सुवेदीले जानकारी गराउनुभयो । आगामी फागुन पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रमा निर्देशक सुवेदी स्वयंको कथा, पटकथा तथा संवाद, निर्माण र गीत लेखन छ ।
दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा मलिकाबाहेक अन्य कलाकार फाइनल भएका छैनन् । लक्ष्मणले अडिसनबाट बाँकी कलाकार छानिने बताउनुभयो ।






