काठमाडौं । नेपाली चलचित्र ह्यारी कि प्यारीको गीत ‘धरहरा’ सार्वजनिक भएको छ ।
बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. भोला रिजालले नेपाली सिनेमामा पुराना सिनेमाका धारहरु नयाँ जेनेरेशनसँग मेटिँदै गएको बताउनु भयो ।
उहाँले अहिलेका चलचित्रका कथावस्तुहरु अहिलेको पुस्तालाई केन्द्रिकृत गरेर आउने गरेको र चलचित्र ह्यारी कि प्यारी परिवारका सबै सदस्यहरु एकसाथ बसेर हेर्नसक्ने चलचित्र रहेको बताउनु भयो । उहाँले ह्यारी कि प्यारी नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन गर्नेगरी राम्रो बनाउने प्रयास गरिएको बताउनु भयो ।
त्यस्तै अभिनेत्री रेखा थापाले चलचित्र एकदमै राम्रो बनेकाले सबैले हेर्नुपर्ने बताउनु भयो । उहाँले भोला रिजालको प्रोडक्शनमा चलचित्र बनेको भन्दै आफूलाई काम गर्न पाउनु पनि गर्वको कुरा भएको बताउनु भयो । कार्यक्रममा हास्य कलाकार जितु नेपालले अभिनेत्री रेखा थापासँग डान्स गर्न पाउँदा नर्भस बनेको बताउनु भयो । उहाँले मुल धारका राजनीतिमा पनि तरंग आइरहेको बेलामा चलचित्र ह्यारी कि प्यारीले पनि सिने क्षेत्रमा तरंग ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
बिआर (भोला रिजाल) प्रोडक्शनकको प्रश्तुतीमा निर्माण भएको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापा विशेष भुमिकामा हुनुहुन्छ ।
डा. कपिल रिजालको प्रश्तुति रहेको सिनेमामा रिजाल स्वयंको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गर्दैछन् । सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालले छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts