पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित हुनु भएको छ ।
आज भएको संसदीय दलको निर्वाचनमा पाण्डेले भोजराज अर्याललाई पराजित गर्नुभएको हो । उहाँले १८ मत प्राप्त गर्दा अर्यालले ८ मत ल्याउनु भयो । एक भोट बदर भएको छ।
पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुनु हो भने अर्याल शेखर कोइराला पक्षका हुनु हो।






