काठमाडौं । बागमती प्रदेशका नवनिर्वाचित जेष्ठ सदस्यको शपथ ग्रहण आज हुँदैछ ।
दिउँसो २ बजे हेटौंडा-१० स्थित प्रदेश प्रमुखको कार्यालयमा जेष्ठ सदस्यको शपथ हुने प्रदेश सचिवालयले जनाएको छ ।
प्रदेशसभाका ११० सांसदमध्ये जेष्ठ सदस्यको रुपमा नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाले शपथ गर्दै हुनुहुन्छ।
उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउँदै हुनुहुन्छ । त्यसपछि उहाँले प्रदेशसभाका अरु सांसदलाई शपथ गराउने कार्यक्रम छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts