राप्रपाको बैठक आज बस्दै, सरकारमा जाने वा नजाने टुंगो लाग्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ।

बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो ।

राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सरकारमा सहभागी नहुने बताउनुभएको छ ।

मिश्रले तीन अवस्थामा मात्र सरकारलाई दिएको समर्थन कामय रहने बताउनुभएको छ । मिश्रले सामाजिक सञ्जालमार्फत तीनवटा सर्त पूरा भएमात्रै सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन सकिने बताउनुभएको हो ।

ADVERTISEMENT

पहिलो सर्तमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस वा नेपाल दिवस घोषणा गर्नुपर्ने ।

दोस्रो सर्तमा संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधान सभाले जनतासँग धर्म निरपेक्षताबारे संकलन गरेको जनमतको यथार्थ विवरण सार्वजनिक गरिनुपर्ने ।

तेस्रो सर्तमा उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने रहेको छ ।

उहाँले यी तीन सर्त पूरा नभए सरकारलाई दिएको समर्थनलाई फिर्ता लिने स्पष्ट पारिसक्नुभएको छ । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज