मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएपनि आत्तिनु पर्दैन : माधव नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताउनु भएको छ ।

पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिक परिवर्तन आएको बताउनु भयो ।

राजनीतिमा परिवर्तन आएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तह तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

पार्टीले नेता कार्यकर्ताले गएको चुनावमा सकृय रुपमा काम नगरेकाले नै ठूलो शक्ति आर्जन गर्न नसकेको उहाँले बताउनु भयो । आफ्नो पार्टी सानो भएकै कारण गठबन्धनमा पनि अपमान सहनु परेको उहाँले दुखेसो गर्नुभयो । उहाँले आफ्नो पार्टीलाई थाहै नदिइ गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अर्को पार्टीको समर्थनमा प्रधानमन्त्री भएको पत्रपत्रिकाबाट थाहा पाउँदा आफू अचम्मित भएको बताउनु भयो ।

ADVERTISEMENT

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी त कांग्रेस र माओवादी दुवैबाट पीडित भयौं । कांग्रेसले पनि हामीलाई हेप्यो, माओवादीले पनि हेप्यो ।’

अध्यक्ष नेपालले गठबन्धनमा कांग्रेस र माओवादी दुवै पक्षबाट आफूहरु पीडित बनेको बताउनु भयो। नेपालले एउटा सीट लिनका लागि गठबन्धनमा आफूहरुले दुवैको अपमान सहनु परेको बताउनु भयो ।

राजनीतिमा देश र जनताको सेवा महत्त्वपूर्ण हुने हुँदा आत्तिन र मात्तिन नहुने भन्दै उहाँले यस क्षेत्रमा विश्वास र विश्वसनीयता कायम राखेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज