जुम्ला । जुम्लाको सिंजा गाउँपालिका हिउँदे गाउँसभा गर्ने देशका सात सय ५३ स्थानीय तहमध्ये सिंजा पहिलो स्थानीय तह बनेको छ ।
गएको असोज महिनाको १९ देखी २४ गतेसम्म आएको एकसाताको अविरल वर्षा र बाढी पहिरोबाट पिडित भएका स्थानीयवासिको पुनः स्थापनादेखि गाँउ केन्द्रित स्वास्थ्य सेवा र अन्य समाजिक सेवा प्रवाहलाई घरदलौ गर्ने गरि ११ औं गाउँसभाबाट ऐन नियम पारित गरिएको गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले जानकारी बताउनुभयो ।
सिँजा गाउँपालिकाको शान रमणीय पर्यटकीय स्थल सहितको सम्वन्धी हाँसिल गर्ने हाम्रो अभियान भने मुल नाराका साथ गाउँसभा गर्ने मुलत देशको पहिलो स्थानीय तह सिंजा बनेको गाउँपालिका प्रमुख प्रशाासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो ।
पालिका भित्रका विषयगत शाखाबाट संचालन हुने कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि कार्यविधि बनाइ हिउँदै गाउँसभाले पारित गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धितालले भन्नुभयो,“शिक्षा, स्वास्थ्य,कृषि लाई सहजरुपमा सिंजाका सबै स्थानीयवासिको पहुचसम्म पु¥याउनका लागि घरमै स्वास्थ्यकर्मी लिएर आौषधी उपचार गरिने जस्ता गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत धितालले बताउनुभयो ।
सेवाप्रवाह हुने पालिकाका सबै शाखालाई चुस्त बनाउनका लागि थप कर्मचारीको व्यवस्थापन गरिने सिंजाका अध्यक्ष धितालले भन्नुभयो,“ गाउँ–गाउँमा स्वास्थ्यकर्मी पुगेर विरामीको चेकजाँच गर्नेदेखी औषधी उपचारमा समेत गरिने अध्यक्ष धितालको भनाइ छ । ”
अविरल वर्षाले पूर्णरुपमा क्षती गरेका घर परिवारलाई ५ लाख ५० हजार रुपैयाँ दिने र बाढीले घर विहीन भएका स्थानीयवासिको घर निर्माणका लागि आर्थिक राहत उपलब्ध गराउने ११ औ हिउँदे गाउँसभाले पारित गरेको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
अरु स्थानीय तह भन्दा सिंजालाई नमुना पालिका बनाउन गाउँसभाका सदस्य र कार्यपालिका सदस्य,कर्मचारी,राजनीतिक दल,पत्रकार र यहाँका नागरिको सहयोग आवश्यक रहेको उपाध्यक्ष सितली रोकायाले बताउनुभयो । यस अघि सिंजाले योजना सम्झौता वडा कार्यालयमै गएर उपभोक्ता समितिसंग प्रविधिक शाखा र योजना शाखाका कर्मचारी वडामै पुगेर सबै योजना समयमै सम्झौता भइ काम संचालनको तयारीको अवस्थामा पुगेको योजना शाखाका प्रमुख पदम भण्डारीले बताउनुभयो । विकास निर्माण योजनालाई तिब्रगतिमा सिंजा गाउँपालिकाले अघि बढाएको सिंजाका स्थानीयवासि बताउँछन् ।






