यस्ता छन्- कर्णाली प्रदेशसभा सदस्यका योजना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य उर्मिला विक लक्षित वर्गका सवालमा प्रदेशसभामा आवाज बुलन्द गर्ने बताउनुहुन्छ। ‘प्रदेशसभामा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित मात्र होइन, त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउने हो,’ उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले सपथ लिँदै भन्नुभयो, ‘दलका राजनीतिक एजेन्डालाई स्थापित गर्नेगरी प्रदेशसभामा सशक्त भूमिका खेल्छु ।’ शाहीको पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्रको माग गर्दै आएको छ ।

कर्णाली प्रदेशसभामा एकीकृत समाजवादीकी एक्ली सांसद हुनुहुन्छ, कल्याणी खड्का । प्रदेशसभामा उहाँको पनि पहिलो यात्रा हो । प्रदेशसभाको यात्रामा आफूलाई आशा र उत्साह दुवै रहेको खड्काले बताउनुभयो । सदनमा जनजीविकाका सवाल, महिलाका मुद्दा, लैङ्गिक विभेद र कुप्रथाजस्ता कुरितीको अन्त्यका लागि काम गर्ने उहाँले सुनाउनुभयो ।

हुम्लाबाट कर्णाली प्रदेशसभामा समानुपातिक सांसद बन्नुभएकी माओवादी केन्द्रकी जुम्कित लामाले जनताका अपेक्षा र आशा अनुरूप काम गर्ने बताउनुहुन्छ । हुम्लाजस्तो विकट ठाउँबाट आफूलाई पार्टी र जनताले विश्वासका साथ पठाएकाले जिम्मेवारीपूर्वक काम गर्ने लामाले बताउनुभयो ।

ADVERTISEMENT

जाजरकोट प्रदेशसभा ‘ख’ बाट निर्वाचित कांग्रेसका राजीवविक्रम शाह भने संसद्का अनुभवी हुनुहुन्छ । यसअघि संविधानसभाका सभासद भइसकेका शाह यसपटक प्रदेशमा झर्नुभएको छ। उहाँले कर्णालीका बासिन्दाको हितमा काम गर्ने संकल्पसहित प्रदेश सांसद बनेको बताउनुभयो । पहिलो पटक प्रदेशसभा प्रवेश गरेका सुर्खेत क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’ बाट निर्वाचित कृष्णबहादुर जिसीले जनताको आशालाई मर्न नदिने बताउनुभयो ।

जुम्ला प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित एमालेका टेकराज पछाईंले प्रदेशसभामा रहेर जनताको आवश्यकताअनुसार कानुन निर्माणमा जोड दिने जनाउनुभयो । आफूले निकै उत्साहका साथ संसद्को यात्रा तय गरेको भन्दै उहाँले कर्णालीको विकासका लागि योगदान गर्ने बताउनुभयो ।

४० सदस्यीय प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहेको छ । कर्णालीको संसद्मा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा स्वतन्त्रबाट एक÷एक जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज